दुर्घटना

    ‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    रासस
    २०८० भदौ १७ | बिहान ०९:०५ बजे

      सिन्धुपाल्चोक, भदौ १७ । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

      मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
       
      सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई  उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

       

        कमेन्टहरु