समाचार

    नारायणी नदिको पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नवलपुर टुडे
    २०८० भदौ १७ | बिहान ०७:०५ बजे

      नवलपुर, भदौ १७ । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

      शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किँदा भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

      दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा राति करिब ९ः५१ बजे मृत्यु भएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिए ।

        कमेन्टहरु