अपराध

    ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा लागूऔषधसहित २ जना पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ १७ | बिहान ०६:०५ बजे

      वीरगंज, भदौ १७ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा लागूऔषध चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको प्रहरी निरीक्षक राजा राम केशरीले बताए ।

      पर्साको जगरनाथपुर गाउँपालिका वडा न. ४ मथुरा चोकमा शुक्रबार राती १०:५५ को समयमा पैदल जाँदै गरेको अवस्थामा जगरनाथपुर गाउँपालिका वडा नं. ४ कदमिया टोल निवासी वर्ष ५० को चन्द्रिका मुखियालाई चेकजाँच गर्ने क्रममा निजले बोकेको पहेलो रंगको प्लाष्टिकको बोराभित्रबाट काटुन टेपले बेरेको लागूऔषध चरेस २० पोका बरामद भएको र सोको तौल गर्दा १० के.जी. १९० ग्राम रहेको केशरीले बताए ।

      बरामद भएको लागूऔषध चरेससहित मुखियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक राजा राम केशरीले बताए ।

      त्यस्तै शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नं.१ बडेरुवास्थित जितपुरबाट मनवातर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह २७२ नम्बरको अटो रिक्सालाई रोकी चेकजाँच गर्ने क्रममा अटोको पछाडि लुकाई छिपाई ल्याएको ५ किलो लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

      मकवानपुरको सुनाचुरी गाउँपालिका वडा नं.६ बस्ने बर्ष ३८ को चन्द्रमान प्रजालाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु