अभिनेत्री निरूता सिंहले गरिन् बिहे


काठमाडौं, भदौ १६ । अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन् । उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरकेो जानकारी दिएकी हुन् ।
‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरूता जी बिहे कहिले गर्नेरुु भन्ने प्रश्न । आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु । तपाईंहरूको निरुता सिंहले गत बिहीबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन् ।
यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन् । दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन् । उनले नेपाली चलचित्र क्षेत्रमा दर्जनौं सुपरहिट चलचित्र दिएका छन् । नेपालमा स्टार्डम भित्र्याउने पहिलो नायिकाको रुपमा उनलाई लिने गरिन्छ ।





