दुर्घटना, लुम्बिनी प्रदेश

    पाल्पामा स्कार्पियो दुर्घटना, ६ जना घाइते

    नवलपुर टुडे
    २०८० भदौ १६ | मध्यान्ह ०२:०५ बजे

      पाल्पा । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।

      सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम  रहेको छ। ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

      दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ।

      गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। 

        कमेन्टहरु