कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मंगल शाही

नवलपुर टुडे
२०८० भदौ १५ | मध्यान्ह ०२:०५ बजे

सुर्खेत, भदौ १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि कार्यवाहक मुख्यमन्त्रीमा मंगलबहादुर शाहीलाई तोकिएको छ । प्रदेश प्रमुख तिलक परियारले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ देखि २ सम्म स्वीट्जरल्याण्डको जुरीचमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनका लागि गएका छन् । बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेखेको थियो ।
प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।





