समाचार

    पर्वतको राम्जादेउरालीमा चितुवा मृत फेला

    नवलपुर टुडे
    २०८० भदौ १५ | बिहान १०:०५ बजे

      पर्वत, भदौ १५ । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत अवस्थामा फेला परेकाे छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा चितुवा मृत फेला परेको हो ।  

      डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको हो । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।

      स्थानीयवासीले मृत चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । लगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् ।

        कमेन्टहरु