देश

    अस्पताल भर्ना भएका पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

    नवलपुर टुडे
    २०८० भदौ १४ | मध्यान्ह ०८:०५ बजे

      काठमाडौं, भदौ १४ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिएका छन् ।

      प्रोस्टेटको शल्यक्रियाका लागि बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका खड्काको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री दाहालले बिहीबार जानकारी लिएका हुन् ।

      अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोस्टेटको सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

      अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

        कमेन्टहरु