यस्तो छ आजको मौसम पूर्वानुमान

नवलपुर टुडे
२०८० भदौ १४ | बिहान ०६:०५ बजे

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले नेपालको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





