मधेश प्रदेश, शिक्षा

    नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द

    नवलपुर टुडे
    २०८० भदौ १३ | मध्यान्ह ०२:०५ बजे

      धनुषा, भदौ १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ । एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपालिकाले २ बजेपछि विद्यालय बिदा दिएको हो ।

      उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिएका हुन् । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

      समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि खेल सुरु हुँदै छ ।

        कमेन्टहरु