६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

नवलपुर टुडे
२०८० भदौ १३ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं, भदौ १३ । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हो । ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।
पौडेल पक्राउ परेसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ । यसअघि ६ चिनियाँ, एक भारतीय नागरिकसहित २४ जना पक्राउ परेका छन् ।





