देश

    एसिया कपको उद्घाटन समारोहमा प्रस्तुति दिँदै गायिका त्रिशला गुरुङ

    नवलपुर टुडे
    २०८० भदौ १३ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौं, भदौ १३ । बुधबारदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।

      समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ ।

      खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

        कमेन्टहरु