मुख्य समाचार, लुम्बिनी प्रदेश

    कपिलवस्तुमा खोलाले बगाएर वृद्धको मृत्यु

    नवलपुर टुडे
    २०८० भदौ १२ | मध्यान्ह ०६:०५ बजे

      कपिलवस्तु, भदौ १२ । कपिलवस्तुमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

      गुडरुङ खोला आसपासमा भैसी चराउन गएका बेला बाढीले बगाएको प्रहरीले जनाएको छ । भैँसी चराउँदै गर्दा बाढी आउन लागेपछि खोलापारी रहेको भैँसी फर्काउन जाने क्रममा सोमबार दिउसो ३ बजे खोलाले बगाएको थियो । 

      नेपाल प्रहरी र स्थानीयले खोजतलासको क्रममा मंगलबार बिहान वडा ३ रनगाईमा शव फेला परेको थियो । मृतकको शवको पोष्टमार्टम गरी परिवारका सदस्यलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु