जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई सोमबार दिउँसो आगलागी भएको जानकारी दिए।
आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।







