देश

    डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

    नवलपुर टुडे
    २०८० भदौ ११ | मध्यान्ह ०२:०५ बजे

      काठमाडौं, भदौ ११ । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

      आइतबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार बडीगार्डसमेत छाडेर सम्पर्कविहीन भएपछि शंका लागेर गुल्मपति पण्डितको खोजीकार्य गरिएको छ ।

      ‘उहाँले बडीगार्ड पनि छाडेर हिँड्नुभएको रहेछ । अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन,’ प्रजिअ पोखरेलले भने, ‘बडीगार्ड पनि नलगेपछि शंका लागेर खोज्न पठाएको छु ।’

      गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।

        कमेन्टहरु