समाचार

    सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

    नवलपुर टुडे
    २०८० भदौ १० | मध्यान्ह ०४:०५ बजे

      काठमाडौँ, भदौ १० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न नभ्याएको भन्दै ‘हेर्न नभ्याइने’ मा राखिएको छ । अदालतले आज पेसी तोकिए पनि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

      नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

      न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका हुन् ।

      उनको इजलासमा ९ वटा मुद्दा तोकिएका छन् ।

        कमेन्टहरु