माओबादी सबैलाई अधिकार दिलाउन सफल : एहसान खान


कपिलवस्तु, भाद्र १० । कपिलवस्तुको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनतासँग माओबादी विशेष रूपान्तरण अभियान शनिबार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खां, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, सरिता अर्याल रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एहसान खानले माओबादीले संविधानमा सबैलाई अधिकार दिलाएको र अब पूर्ण कार्यान्वयनमा ल्याउन नेकपा माओबादी पार्टीलाई दुई तिहाई बहुमतका साथ सरकारमा ल्याउनुपर्नेमा जोड दिए ।
यस्तै विशिष्ट अतिथि सुकई थारुले एकजुट भएर नेकपा माओबादीमा लाग्नुपर्ने र माओबादी पार्टीमा नै सबैको हक अधिकार सुनिश्चित रहेको बताए । कार्यक्रममा बोल्दै आचार्यले तीन महिने जनतासँग माओबादी बिशेष रूपान्तरण बारे प्रकाश पारे ।
जिल्ला संयोजक बेल्वासेले संसारमा दुई वर्गका मानिस रहेको जसमा एउटा काम गरेर खाने र अर्को अरूको मिहिनेतमा बाच्ने तर माओबादी पार्टी जहिले पनि श्रमको सम्मान गर्ने बताए ।
उपाध्यक्ष मौलाना मशहूदले नेकपा माओबादी पार्टीलाई अझ बलियो बनाइएन भने पाएको उपलब्धि समेत गुम्ने खतरा रहेको बताउँदै भ्रष्टाचारको विरूद्धमा लाग्ने पार्टी नेकपा माओबादीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए । उनले माओबादी नेतृत्वको सरकारले गरि रहेको काम ऐतिहासिक रहेको र सबैले यो ऐतिहासिक कामहरूलाई प्रत्येक नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष नुरुल खानले विजनगर गाँउ कमिटीको बैठकद्वारा भएको निर्णय पार्टीको रूपान्तरण अभियानमा सहयोग पुग्ने बताउँदै विजयनगरमा नेकपा माओबादी पार्टी पहिलो स्थानमा ल्याउने तथा जनताको साथमा सधै रहने विश्वास व्यक्त गरे ।
नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन सुदिप सारूले गरेका थिए ।





