आज रातभर झरी पर्ने

नवलपुर टुडे
२०८० भदौ ९ | मध्यान्ह ०७:०५ बजे

काठमाडौं, भदौ ९ गते । आज राति देशमा सबै भू-भागमा हल्कादेखि मध्यम वर्षा जारी रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले पानी पर्ने सम्भावना यथावत् रहेको छ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको समेत सम्भावना रहेको छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ।
भोलि दिउँसो पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।





