समाचार

    कपिलवस्तुको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला

    रासस
    २०८० भदौ ८ | मध्यान्ह १२:०५ बजे
    फाइल तस्बिर

      कृष्णनगर (कपिलवस्तु), भदौ ८ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ ।

      वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए । उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए ।

      वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । 

        कमेन्टहरु