खेलकुद

    महिला टी–ट्वान्टी आई सिरिज : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

    नवलपुर टुडे
    २०८० भदौ ८ | बिहान ०९:०५ बजे

      काठमाडौँ, भदौ ८ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

      आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अङ्कसहित फाइनल नजिक छ । 

      मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

       

        कमेन्टहरु