कोशी प्रदेश

    कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन सर्वोच्चको अस्विकार

    नवलपुर टुडे
    २०८० भदौ ७ | मध्यान्ह ०७:०५ बजे

      काठमाडौँ, भदौ ७ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश इश्वारप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको हो ।

      सोमबार प्रदेश सभामा विश्वासको मत लिँदा थापाले प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाईसमेत मतदान गराई विश्वासको मत लिएपछि नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता गराएका थिए ।

      उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने देखिएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाएको हो । सर्वोच्चले १५ गतेसम्म काम चलाऊ सरकारका रुपमा काम गर्न पनि आदेश दिएको छ ।

       

      12

       

        कमेन्टहरु