अपराध

    ‘जामजाम इलेक्ट्रोनिक्स’ को नाममा ठगी गर्ने २ जना झण्डै ५० लाख रुपैयाँसहित पक्राउ

    नवलपुर टुडे
    २०८० भदौ ७ | मध्यान्ह ०५:०५ बजे

      काठमाण्डाै, भदौ ७ । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव रहेका छन् ।

      उनीहरुले सामाजिक संजाल टिकटक, फेसबुक र ह्वाट्सएपमा ‘जामजाम इलेक्ट्रोनिक्स’ मा ‘तपाईँले लक्की ड्र मार्फत आईफोन जिन्नुभएको छ’ भन्सार पासका लागि पैसा पठाउनुहोस्’ भन्दै पैसा उठाएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

      उनीहरुलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको थियो । अहिले काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामग्री बरामद गरिएको छ ।

        कमेन्टहरु