संसदीय समितिको सभापति निर्वाचन भदौ ११ गते

नवलपुर टुडे
२०८० भदौ ७ | मध्यान्ह ०२:०५ बजे

काठमाडौं, भदौ ७ । संसदीय समितिको सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुने भएका छन् । संसदीय समितिको बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।
दलहरुबीच संसदीय समितिमा कांग्रेसले ४, एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ ।





