दुर्घटना

    बारामा तीर्थयात्री बाेकेकाे बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु, १८ जना घाइते

    नवलपुर टुडे
    २०८० भदौ ७ | बिहान ०८:०५ बजे

      बारा, भदौ ७ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । सो दुर्घटनामा १८ जना घाइते भएका छन् ।

      पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै गरेको तीर्थयात्री सवार मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र एकजना नेपालीको ज्यान गएको बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

      घाइते १८ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

        कमेन्टहरु