धादिङ बस दुर्घटना : ९ जनाको मृत्यु [अपडेट]

जगत ठाडा मगर
२०८० भदौ ६ | मध्यान्ह १२:०५ बजे

धादिङ । काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ९ जनाको शव निकालिएको छ । बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।





