समाचार

    नवलपरासीमा झुन्डिएको अवस्थामा एक वृद्ध मृत फेला

    नवलपुर टुडे
    २०८० भदौ ५ | मध्यान्ह ०३:०५ बजे

      नवलपरासी, भदौ ५ । नवलपरासीको बर्दघाटमा नगरपालिका – १६ शितलनगरमा एक वृद्ध झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

      ६६ वर्षका गोरे गिरी खपटाले छाएको आफ्नै एक तल्ले कच्ची घर भित्र काठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । गिरी घरमा श्रीमतीसँग बस्दै आएका थिए । उनका एउटा छोरा छुट्टै गाँउमा र एउटा छोरा बिदेश बस्ने गरेको स्थानीयले बताएका छन् ।

      गिरीलाई स्थानियले झुन्डिएको अवस्थामा देखेपछि अन्दाजी १२:३० बजे ईलाका प्रहरी कार्यालय सेमरीमा टेलीफोनमार्फत खबर गरेका थिए । स्थानीयको खबरपछि तत्काल प्रहरी नायब निरीक्षक गोकर्ण चौहानको कमाण्डमा ४ जनाको प्रहरी टोली गई घटनास्थल सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

      डिएसपी पाण्डेयका अनुसार थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक भिम बहादुर कार्कीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको छ । घटनास्थल ईप्रका सेमरीबाट करिब १० कि.मि. उत्तर पर्ने प्रहरीले जनाएको छ ।

        कमेन्टहरु