राजनीति

    एकीकृत समाजवादीको छायाले सर्वदलीय बैठकमा एमाले आएन : माधव नेपाल

    नवलपुर टुडे
    २०८० भदौ ५ | मध्यान्ह ०२:०५ बजे

      काठमाडौं, भदौ ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नआएको बताएका छन् ।
       
      मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नआएको बताएका हुन् । 

      माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरू अनुपस्थित भएकाे उनको भनाइ थियो । उनले आफूहरूसँग त्यस्तो संकीर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए । 

      आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तन मात्र रहेको बताए । 

        कमेन्टहरु