कोशी प्रदेश, राजनीति

    विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री थापाले पठाए एमाले र राप्रपालाई पत्र

    नवलपुर टुडे
    २०८० भदौ ३ | मध्यान्ह ०४:०५ बजे

      विराटनगर, भदौ ३ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आफुलाइ विश्वासको मत माग्दै नेकपा एमाले र राप्रपालाई आइतबार पत्राचार गरेका छन् । आइतबार मुख्यमन्त्री थापाले दुई विपक्षी दललाई पत्राचार गरेका हुन् । उनले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

      ‘हामीलाई आज विश्वासको मत माग्दै मुख्यमन्त्रीले पत्र पठाउनु भएको छ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने । एमालेले विश्वासको मत दिने सम्भावना न्यून रहेको उनले बताए ।

      प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ । विपक्षमा एमालेको ४० (उपसभामुखसहित) र राप्रपाको ६ गरी ४६ मत छ ।

        कमेन्टहरु