अर्थ

    सानो गोलभेडाको मूल्य घट्यो, यस्तो छ अन्य तरकारीको मूल्यसूची

    नवलपुर टुडे
    २०८० भदौ ३ | बिहान ११:०५ बजे

      काठमाडौँ, भदौ ३ । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा सानो गोलभेडा ९लोकल०को मूल्य घटेको छ ।

      कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको जानकारी दिएको हो । समितिले आफ्नो वेभसाइटमार्फत आज सानो गोलभेडा ९लोकल०को थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको जनाएको छ । हिजो शनिबार यो गोलभेडाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ थियो । यस्तै, ठूलो गोलभेडाको मूल्य भने प्रतिकिलो ३ रुपैयाँ बढेको छ ।

      यससँगै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । यस्तै, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँ छ । यसबाहेक गाजरको मूल्य प्रतिकिलो ११५ रुपैयाँ र बन्दाको मूल्य ४५ रुपैयाँ, काउलीको मूल्य ७५ रुपैयाँ छ । यसबाहेक, सेतो मुलाको ७५ रुपैयाँ छ भने डल्लो भन्टाको थोक मूल्य ६५ रुपैयाँ प्रतितोला छ ।

       

       

        कमेन्टहरु