समाचार

    ईलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा गाडीसहित भन्सार छलिको सामान नियन्त्रण

    नवलपुर टुडे
    २०८० भदौ ३ | बिहान ०९:०५ बजे

      कपिलवस्तु, भाद्र ३ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडीसहित नियन्त्रणमा लिएको छ ।

      पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौतर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र.नि.लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराजगन्ज नगरपालिका वडा न. ५ कन्चनियाबाट नियन्त्रणमा लिएको हो ।

      काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बरको निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताए ।

        कमेन्टहरु