निगमले भदौ २० देखि साउदीको दमाममा नियमित उडान गर्ने, आजदेखि टिकट बुकिङ खुला

नवलपुर टुडे
२०८० भदौ २ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ २ । नेपाल वायुसेवा निगमले भदौ २० गतेदेखि काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान गर्ने भएको छ । त्यसका लागि शनिबारदेखि टिकट बुकिङ खुला गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलले बताए ।
यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग अन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिन सकिने छ । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमको विश्वास छ ।






