खेलकुद

    नेपालको टी-ट्वान्टी वरीयता यथावत

    नवलपुर टुडे
    २०८० भदौ २ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौँ । नेपालको आईसीसी टी-ट्वान्टी वरीयता यथावत रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालको टी-ट्वान्टी वरीयता १७ औँ स्थानमा यथावत रहेको छ ।

      नामिविया (१३ औँ स्थान), स्कटल्यान्ड (१४), नेदरल्यान्ड्स (१५) तथा यूएई (१६) नेपाल भन्दामाथि रहेका छन् ।वरीयतामा भारत, इंग्ल्यान्ड र न्यूजिल्यान्ड  शीर्ष ३ स्थानमा रहेका छन् ।

      एकदिवसीयमा पनि १५ औँ स्थानमा यथावत रहेको छ । अस्ट्रेलिया, पाकिस्तान र भारत शीर्ष ३ मा छन् ।

        कमेन्टहरु