समाचार

    अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

    नवलपुर टुडे
    २०८० भदौ १ | बिहान ०९:०५ बजे

      अछाम, भदौ १ । अछाममा बँदेलकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ । 

      बिहीबार बेलुका बँदेलको आक्रमणबाट अछामकाे तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयककाे ज्यान गएकाे हाे । मास गाेडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेकाे स्थानीय धनबहादुर बुढाले बताए । 

      बुढाका अनुसार दिलाकाे उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएकाे हाे । 

        कमेन्टहरु