देश

    संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

    नवलपुर टुडे
    २०८० भदौ १ | बिहान ०९:०५ बजे

      काठमाडौं, भदौ १ । संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल हुँदै छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा अहिले बिहान ९ बजे छलफल हुने भएको छ ।

      ‘सदनको अवरोध खुलाउने विषयमा सम्माननीय सभामुख देवराज घिमिरेले अहिले बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारी निवास बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसक्नुभएको छ।’

      प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक सुभित्र सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएपछि त्यसो प्रकरणको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गरेको छ ।

        कमेन्टहरु