ट्याटु हानेको पैसा नदिएको भन्दै सेवाग्राहीमाथि धारिलो हतियार प्रहार

नवलपुर टुडे
२०८० भदौ १ | बिहान ०८:०५ बजे

चितवन, भदौ १ । चितवनको रत्ननगर नगरपालिका – १ सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीमाथि धारिलो हतियार प्रहार गरेका छन् ।
भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार दिउँसो करिब सवा ४ बजेतिर कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णु बहादुर थापालाई दाउले हानेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ ।
सौराहाको सिआरसी होटलमा गएर बोहोराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले दाउ प्रहार गरेका हुन् । बोहोराले कति पैसा मागेको थिए भन्ने खुलेको छैन ।
बोहोराले थापाको ढाडमा दाउ प्रहार गरेको टाँडी प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।





