समाचार

    रुकुम पश्चिममा सडेको अवस्थामा भेटियो दुई वटा शव

    नवलपुर टुडे
    २०८० भदौ १ | बिहान ०८:०५ बजे

      रुकुम पश्चिम, भदौ १ – रुकुम पश्चिमको छुट्टाछुट्टै स्थानमा सडेको अवस्थामा दुई वटा शव फेला परेको छ । मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । उनी गत साउन १७ गतेदेखि बेपत्ता रहेका थिए ।

      त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको हो । फेला परेका शवको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु