सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०८० भदौ १ | बिहान ०७:०५ बजे

      काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

      साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ । आजको दिन मान्यजनलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूलसहित मिठो खाने कुरा दिने चलन छ । 

      ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपसहित रोगब्याधीबाट बच्न सकिने विश्वास छ ।

        कमेन्टहरु