देश

    आजदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो,एक घण्टाको ९५ रुपैयाँ पाउने

    नवलपुर टुडे
    २०८० भदौ १ | बिहान ०७:०५ बजे

      काठमाडौं,भदौ १ । सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् ।

      जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रहेको र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ ।अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६६८ रुपैयाँ पारिश्रमिक पाउने छन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् ।

      चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् ।चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

        कमेन्टहरु