बेलायती र भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नवलपुर टुडे
२०८० साउन ३२ | मध्यान्ह ०६:०४ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बेलायतका आवासीय र भियतनामका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरुले आज दिउँसो राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा प्रमाणपत्र पेश गरेका हुन् ।
नेपालका लागि बेलायतका आवासीय राजदूत रोबर्ट डोमिनिक रुसेल फेन र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवन, शीतल निवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।






