धर्म–संस्कृति/रीतिथिति

    नेवार समुदायको गुँला पर्व सुरु(तस्बिरसहित)

    नवलपुर टुडे
    २०८० साउन ३२ | बिहान ११:०४ बजे

      काठमाडौं, साउन ३२ गते । नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।

      यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।

      बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यलगायत आफ्नाे नजिकको देवालयमा पुग्ने गर्दछन् ।  धार्मिक दृष्टिकोणले यस पर्वसँगै नागपञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।

      37

      43

      47

      48

      49

      51

      55

      56

      58

      59

      60

      61

      62

      65

      67

      68

      69

      70

        कमेन्टहरु