सुदुरपश्चिम प्रदेश

    सडकमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु, विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

    नवलपुर टुडे
    २०८० साउन ३२ | बिहान १०:०४ बजे

      कञ्चनपुर । कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। यसपछि आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। 

      kanchanpur corrent V6ANN6pOET

      कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो।

      करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

      विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन् ।विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको हो।

      kanchanpur

      विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग उनीहरुले राखेका छन्। ओडका तीन छोराछोरी छन्।

        कमेन्टहरु