समाचार

    दाङ जंगली च्याउ खाँएर बिरामी परेकी बालिकाको मृत्यु, बाबुआमाको अवस्था गम्भीर

    नवलपुर टुडे
    २०८० साउन ३२ | बिहान ०८:०४ बजे
    फाइल तस्बिर

      दाङ, साउन ३२ । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन् ।

      मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

      अस्मिताकी आमा ईश्वरी सुनारको आइसियुमा राखेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बुबा अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ ।

      मङ्गलवार घर नजिकै जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका थिए ।

        कमेन्टहरु