समाचार

    कञ्चनपुरमा शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन ३२ | बिहान ०८:०४ बजे

      कैलाली, साउन ३२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीस्थित सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ ।

      वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर गएराती हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए । घटना राति १२ बजेपछि भएको उनको भनाइ छ ।

      ‘पहिलो पनि त्यो क्षेत्रमा हात्तीहरू ओहोरदोहोर गरिरहेका हुन्थे तर, शौचालयको सेप्टी ट्याङ्की भन्दा परैबाट उनीहरू हिँडिरहेका हुन्थे’ मेहेताले भने ‘तर, हिजो राति कसरी त्यहाँ सम्म आयो हामी बुझिरहेका छौँ ।’

      सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको मृत्यु भएको हुन सक्ने अनुमान रहेको उनले बताए । अहिले हात्तिको पोस्टमार्टमको तयारी भइरहेको छ ।

        कमेन्टहरु