अपराध

    ललितानिवास प्रकरणमा पक्राउ परेकामध्ये दुईजना अदालतको आदेशमा छुटे, अन्यलाई पाँच दिन म्याद थप

    नवलपुर टुडे
    २०८० साउन ३१ | मध्यान्ह ०८:०४ बजे

      काठमाडाैं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका दुईजना काठमाडौं जिल्ला अदालतको आदेशमा छुटेका छन् । 

      मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे अदालतको आदेशमा रिहा भएका हुन् ।

      उमेर र स्वास्थ्यअवस्थाको कारण अदालतले उनीहरूलाई थप हिरासतमा राख्नभन्दा हिरासत बाहिर बसेर अनुसन्धान गर्न आदेश दिएको हो ।

      उनीहरूलाई मुद्दा दर्ताको दिनमा भने अदालतमा पेश गर्न पनि अदालतले प्रहरीलाई आदेश दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआइ)को हिरासतमा रहेका अन्य १८ जनालाई भने थप पाँच दिनको म्याद थप भएको छ । 

        कमेन्टहरु