कोशी प्रदेश

    कोशी प्रदेश : गयानन्द मण्डल मन्त्री नियुक्त, आजै शपथ लिने तयारी

    नवलपुर टुडे
    २०८० साउन ३१ | बिहान ०९:०४ बजे

      विराटनगर, साउन ३१ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री नियुक्त गर्ने भएका छन् । 

      उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । मण्डलको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईंले जानकारी दिए ।

      यसअघि मुख्यमन्त्री थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ  खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

        कमेन्टहरु