अर्थ

    डिजेलको भाउ एकै पटक १४ रुपैयाँ बढ्यो

    नवलपुर टुडे
    २०८० साउन ३१ | बिहान ०६:०४ बजे

      काठमाडौँ । नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । 

      भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी एकै पटकमा १४ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । 

      यससँगै डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर काठमाडौँमा  १६७ रुपैयाँ पुगेको छ । भारतले मूल्य सूची पठाउँदा प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको थियो ।

       

        कमेन्टहरु