समाचार

    गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन ३० | मध्यान्ह १२:०४ बजे

      गुल्मी, साउन ३० । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका २१ वर्षका शैलेस सिंह ठकुरीको अरिङ्गालले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सूचना अधिकारी एवम्प्र हरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार हिजो साँझ मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न जाँदा ठकुरीलाई अरिङ्गालले टोकेर सख्त घाइते भएका थिए ।

      आज  बिहान उपचारको लागि सदरमुकामस्थित तम्घास अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

       

        कमेन्टहरु