कर्णाली प्रदेश, दुर्घटना

    मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

    नवलपुर टुडे
    २०८० साउन २९ | मध्यान्ह ०७:०४ बजे

      मुगु, साउन २९ । मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

      सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार मृतक तथा घाइते कसैको पनि पहिचान खुलेको छैन । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ठिनी लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु