देश

    उपराष्ट्रपति यादव चीन प्रस्थान

    नवलपुर टुडे
    २०८० साउन २९ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौँ, साउन २९ । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

      उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । उनी यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

      भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा रहेका छन् ।

      उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

        कमेन्टहरु