राजनीति

    एमालेको अवरोधपछि भदौ ३ गतेसम्म संसद बैठक फेरि स्थगित

    नवलपुर टुडे
    २०८० साउन २९ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं, साउन २९ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ । संसद्को काम–कारबाही अघि नबढाई बैठक स्थगित गरिएको हो ।

      आजको बैठकको सुरुमै एमालेका सांसदले नाराबाजी गरेका थिए । उनीहरूको अवरोधका कारण काम–कारबाही अघि बढाउन नसकिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरिएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक आउँदो भदौ ३ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

      नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानवीन समिति गठनको माग राख्दै एमालेले बैठक अवरोध गर्दै आएको छ ।

        कमेन्टहरु